गुगल बालकको भविष्यवाणीः अनिष्ट टर्छ
४ जेठ, काठमाडौ । आइतबार बिहान बालुवाटारमा बेग्लै सरगर्मी थियो मुलुकमा परेको महाविपत्तिमा पीडितहरुलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्नेहरुको भीडमा एक बालकलाई उनकी आमाले काखमा लिएर बसेकी थिइन् ।
मानिसहरु खासखुस गर्दै थिए, ‘आज अद्भूत बालक आदित्य दाहालले पनि भूकम्पपीडितका लागि कोषमा कोषमा सहयोग गर्ने रे ।’
उद्धार कोषमा सहयोग गर्ने संस्था र ब्यक्तिहरुलाई भेट्न र सहयोग रकम ग्रहण गर्न प्रधामन्त्री निवासको निलो बैठक कक्षमा प्रवेश गरे । सहयोग रकम हस्तान्तरण गर्ने पर्खिएका शेर्पा संघका प्रतिनिधिहरु र शहरी विकास मन्त्रालयका प्रतिनिधिहरुले सहयोग रकमको चेक हस्तान्तरण गरे ।मानिसहरु खासखुस गर्दै थिए, ‘आज अद्भूत बालक आदित्य दाहालले पनि भूकम्पपीडितका लागि कोषमा कोषमा सहयोग गर्ने रे ।’
काखमा आदित्य बराललाई बाकेर आमा अगाडि सरेपछि प्रधानमन्त्रीलाई अद्भूत बालकका पिता शेषराज दाहालले उनको प्रतिभाको बारेमा बताए । प्रधानमन्त्रीले भने, ‘मैले थाहा पाएको थिएँ । सरकारले उपचारमा सहयोग पनि दिएको छ तर फुर्सद मिलाउन नसकेर म आउने इच्छा गर्दागर्दै पनि आउन सकिनँ ।’
त्यसपछि उनका पिताले आदित्यले विगत केही समययता प्रकट गरेका विचार सुनाए र प्रधानमन्त्रीसँग जिज्ञासा राखे-‘तपाईर्लाई केही जान्ने इच्छा भए उहाँले केही क्षणमा बताइदिनु हुनेछ ।’
बोल्न नसक्ने साढे चार वर्षका बालक आदित्यका बारेमा त्यस अगाडि नै खासखुस चलेको थियो-‘बोल्नु हुन्न छर यो उमेरमा आफ्नो बारेमा जानकारी खोज्ने ब्यक्तिलाई उनीहरुकै भाषा लेखेर बताइदिनु हुन्छ ।’
त्यसपछि प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा मुलुकमा शान्ति, स्थायित्व, लोकतन्त्र र विकास होस् भन्ने इच्छा रहेको बताए । बालकले लेखेर दिए, ‘नआत्तिनु यो अनिष्ट केही समयमा टर्नेछ अनि देशले काँचुली फेर्नेछ । हजुरको इच्छा पूरा हुनेछ, पीएम ज्यू ।’, समाचारपत्रमा खबर छ ।
www.onlinekhabar.com
0 comments
Write Down Your Responses