१२ घन्टापछि ४.२ म्याग्निच्यूटको भूकम्पको अर्को धक्‍का

२०७२ जेष्ठ ४ सोमबार


काठमाडौं : नेपालमा सोमबार बिहान फेरि अर्को भूकम्पको धक्‍का महसुस भएको छ।बिहान ९.११ बजे दोलखालार्इ केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्यूटको भूकम्पको धक्‍का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

झन्‍डै १२ घन्टापछि भूकम्पको अर्को धक्‍का महसुस भएको हो। यसअघि आइतबार साँझ ८.४० मा बजे दोलखालार्इ केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्यूटको भूकम्प गएको थियो।आइतबार मात्रै नेपालमा तीन पटक भूकम्पको धक्‍का गएका थिए।शनिबार मात्रै नेपालमा नौ पटक भूकम्पको धक्‍का महसुस भएको छ।

0 comments

Write Down Your Responses