महाभूकम्पको पराकम्पन अझै रोकिएन, आइतबार पनि ४ रेक्टरभन्दा माथिको भूकम्प

महाभूकम्पको पराकम्पन अझै रोकिएको छैन ।


आइतबार बिहान मात्रै ४ रेक्टरस्केल भन्दा माथिका दुई वटा भूकम्प गएका छन ।

ती दुवै भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आइतबार बिहान साढे १ बजे ४ दशमलव २ र बिहान ६ बजेर ३४ मिनेटमा ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो । महाभूकम्प गएको दुई सातापछि पनि पराकम्पनहरु आइनै रहँदा जनता त्रसित भएका छन ।  तर ६ रेक्टरस्केल भन्दा कमको भूकम्पमा डराउनु नपर्ने केन्द्रले जनाएको छ । तर महाभूकम्पबाट मक्किएका घरहरु भने सानो पराकम्पनमा पनि भत्कने सक्ने भएकाले चर्किएका घरहरुमा नबस्न सरकारले आग्रह गरेको छ । चर्किएका र नचर्किएका घरहरु परीक्षण गरेर मात्र बस्न विज्ञहरुले सुझाव दिएका छन ।

0 comments

Write Down Your Responses