वासिंटन डिसी, वैशाख २७
राष्ट्रपति वाराक ओवामाले एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट राष्ट्रपतिको सल्लाहकारमा नेपाली मुलकी सञ्जिता प्रधानलाई मनोनित गरेका छन्।
शनिबार ओवामाले गरेका महत्वपूर्ण ३ वटा मनोनित मध्ये आइवामा रहेकी नेपाली मुलकी अमेरिकन सञ्जिता प्रधानलाई मनोनित गरेका हुन। ‘म नयाँ मनोनित सदस्यहरुसँग काम गर्न उत्सुक छुँ,’ ओवामाले भने।
‘आउँदो साता मलाई ओथका लागि वासिंटन डिसी बोलाइएको छ,’ मनोनित भएलगत्तै प्रधानले सेतोपाटीसँगको कुराकानीमा भनिन्,‘मेरो करियर कम्प्युटरमा भएपनि सामाजिक सेवामा बढी सक्रिय छु।’
यसघि शरणार्थी रिसेटलमेन्टमा काम गरिसकेकी प्रधान सन २०१३ देखि आइवामा एसिया प्सासिफिल आइसल्याण्डर अफेयर्स अन्तर्गत मानव अधिकार प्रमुखका रुपमा कार्यरत छन्।
भारतको इण्डिया इन्टिच्युट अफ टेक्नोलोजीकी विद्याथी प्रधान अमेरिपुगेपछि सामाजिक काम तथा शरणार्थी ब्यवस्थापनमा सक्रिय रहँदै आएकी थिइन्।
नेपाली महिला ओबामाको सल्लाहकार !
0 comments
Write Down Your Responses