विनाशकारी भूकम्पबाट सिन्धुपाल्चोकमा ६३ हजार घर ध्वस्त, सवै सरकारी कार्यालय त्रिपालमा

काठमाडौं ।


बैशाख १२ मा गएको विनाशकारी भूकम्पबाट सवैभन्दा बढि क्षति भएको सिन्धुपाल्चोकमा ६३ हजार घर ध्वस्त भएका छन् । जिल्ला दैविक उद्धार  तथा राहत समितिले गरेको प्रारम्भीक अनुमान अनुसार ६७ हजार घर मध्ये ६३ हजार ध्वस्त भएका छन् । आंशिकरुपमा चर्के पनि बस्न योग्य ५ हजार घर मात्र बाँकि रहेका छन् ।  ती मध्ये कतिपय पहिरोको जाखिममा छन् ।  पहिरोको जोखिमले उत्तरी भेकका बस्तीहरु धमाधम रित्तिदैँ गएका छन् । सबैजसो विकास संरचना ब्वस्त छन् । सदरमुकामका सबै कार्यालय भत्केपछि सरकारी सेवा अवरुद्ध छ । प्रहरी, स्वास्थ्थ चौकी र अस्पताल त्रिपाल मुनीबाट संचालनमा आएका छन् ।
त्यसैगरी विद्यालयका ५ सय ५७ भवन ध्वस्त भएका छन् । लगभग ९९ प्रतिसत विद्याललय भवन ध्वस्त भएको प्रारम्भीक अनुमान गरिएको छ ।
सिन्धुपाल्चोकमा विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या पनि अन्य जिल्ला भन्दा निकै बढी छ । हालसम्म ३ हजार २ सय भन्दा बढि ब्यक्तिले ज्यान गुमाइसकेका छन् भने हजारौ घाइते भएका छन् ।

0 comments

Write Down Your Responses