काठमाडौँ । वैशाख १२ गतेको महाभूकम्पका पछाडि क्रिस्चियन धर्मको आडमा केही व्यक्तिहरुले ब्रम्हलुट मचाइरहेको समाचार प्राप्त भइ रहेको बेला एक क्रिस्चियन अगुवाले त्रिपालको नाममा सम्पति कुम्ल्याएका हुन् । क्याम्पस क्रुसेटका नाममा विदेशबाट डलर ल्याएर व्यक्तिगत मोज गर्दै आएका तारा सिंह कथायत यस पटक भने कानुनी फन्दामा परेका छन् ।महाभूकम्प पीडीतहरुले त्रिपाल नपाइरहेको गुनासो गरिरहँदा भैसेपाटी स्थीत एक गोदाममा एक ट्रक त्रिपाल भेटियो, जुन त्रिपाल कथायतको थियो । धर्म प्रचारको नाममा विदेशबाट डलर ल्याएर एक छत्र गर्दै आएका कथायतलाई कडा कानुनी कारवाही हुनु पर्ने क्रिस्चियन जगत भित्रै आवाज उठ्न लागेका छन् । पाल त सामान्य कुरा हो उनले अनैतिक तरिकाबाट क्रिस्चियन धर्म प्रचार गर्ने भन्दै ठूलो रकम ल्याएर व्यक्तिगत भोक चलन गर्दै आएका छन् ,एक पाष्टरले नाम नछाप्ने सर्तमा न्युज अभियान डट कमलाई बताए ।
स्थानीय वासीले बताए अनुसार कथायत भन्ने व्यक्तिले एक हप्ता अघि ल्याएको त्रिपाल कालोबजारी गर्न लुकाएका हुन् । गोदामभित्र करिब ८० लाख बराबरको त्रिपाल लुकाइराखिएको छ, तर हामी छिमेकीले पनि त्रिपाल पाएका छैनौँ ती स्थानीयवासीले भने । प्रहरीले गोदाम कब्जा लिइसकेका छौँ, सम्पूर्ण प्रमाण भेटेपछिमात्र सम्वन्धितलाई बुझाउँने तयारी भएको जानकारीमा आएको छ । करोडौंको खरिद गर्ने रकम र उनको व्यक्तिगत आलिसान महलहरु समेत कहाँ बाट आएका हुन्,बल्ल खोजीको विषय भएको छ । धर्मको आडमा कथायतले गरेका लुटका बारेमा अभियान टाइम्स साप्ताहिक र न्युज अभियान डटकमले केहि वर्षदेखि निरन्तर कलम चलाउँदै आएको छ ।
विदेशबाट डलर ल्याएर एकछत्र राज गर्दै आएका कथायतको यो पाल काण्डले अभियान टाइम्स र न्युज अभियानले चलाईरहेको कलम सत्य नजिक रहेको थप प्रमाण हो । कथायत त क्रिश्चियन समुदाय भित्र एक उदाहरण मात्र हुन्। यो समुदाय भित्र क्रिश्चियन धर्मको आडमा लुट मच्चाउनेहरु हजारौंको संख्यामा रहेका छन् । तारा सिंह अहिले फरार छन् ।-स्रोत न्यूज अभियान डट कम बाट
करोडको त्रिपाल लुकाउने क्रिस्चियनका अगुवा यिनै हुन्
0 comments
Write Down Your Responses