सलमान जेल जानुपर्दा सोनाक्षीले यी गायकलाई गरिन हमला

May 7, 2015


मुम्बई । बलिउड नायक सलमान खान सन् २००२ को हिट एण्ड रनको मुद्दामा बुधबार अदालतले ५ वर्षको जेल सजाय सुनाएपछि बलिउडमा तरंग उत्पन्न भएको छ । कलाकारहरुले विभिन्न प्रकारका प्रतिक्रिया दिइरहेका छन् ।

यसैक्रममा गायक अभिजीतले गरेको ट्विटले विवाद सिर्जना गरेको छ । उनले आफ्नो टविट् नायिका सोनाक्षी सिन्हालाई समेत ट्याग गरेपछि उनले कडा प्रतिक्रिया दिएकी छन् ।
उनले ट्विट मार्फत नै शाब्दिक हमला गर्दै आफूलाई ट्याग नगर्न पनि चेतावनी दिएकी छन् । उनले सबै कलाकारहरु सलमानको साथमा रहेको उल्लेख गर्दै उनको समर्थन गर्ने तर खराब अभिव्यक्तिलाई आफूले नसहने प्रष्ट्याएकी हुन् ।
यसअघि बुधबार सलमानलाई जेल सजाय सुनाएलगत्तै ट्विट गर्दै अभिजीतले ‘सडक गाडीहरुका लागि हो, सडकमा सुत्नेहरु कुकुर जस्तै मर्छन्’ जस्ता शब्द प्रयोग गरेका थिए ।

0 comments

Write Down Your Responses