‘अदालतबाट अर्कैका पतिसँग सम्बन्धबिच्छेद् !
काठमाडौं ।
काठमाडौं जिल्ला अदालतले एक महिलालाई अपरिचत ब्यक्तिसँग सम्बन्ध बिच्छेद गराएको छ । काठमाडौं पेप्पसीकोला निवासी कार्की थरकी एक महिलाले आफ्ना पतिसँग सम्बन्धबिच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दिएकी थिइन । गत मंसिरमा दायर मुद्दामाथी जिल्ला अदालतले ९ बैशाखमा फैसला दियो । तर फैसलामा अर्केका पतिसँग सम्बन्धबिच्छेद गराइदिएको छ ।
पेप्सीकोलाकी कार्की थरकी महिलाले पति अम्वरबहादुर कार्कीसँग सम्बन्ध बिच्छेदका लागि मुद्दा दायर गरेकी थिइन । तर अदालतले चन्द्रबहादुर पुनसँग सम्बन्ध बिच्छेद गराई दिएको छ । ‘चन्द्रबहादुर पुन मेरो पति होइनन् र मैले उनीसँग सम्बन्ध बिच्छेदका लागि मुद्दा पनि हालेकी थिइन, तर उनीसँग सम्बन्धबिच्छेद कसरी भयो ?’ कार्की थरकी ति महिलाले एसकाठमाडौं डटकमसँग भनिन् ‘मैले सम्बन्धबिच्छेद गर्न खोजेको अम्वरबहादुरसँग हो चन्द्रबहादुरलाई म चिन्दिँन ।’
काठमाडौ जिल्ला अदालतका न्यायाधीश इन्द्रबहादुर कार्कीको इजलासले अर्कैका पतिसँग सम्बन्धबिच्छेदको फैसला दिएको छ । अपरिचित ब्यक्तिसँग सम्बन्धबिच्छेदको फैसला पाएपछि महिला तनावमा परेकी छिन् । फैसला संशोधनको फेरी निवेदन दर्ता गराउकोे बताइन । उमेरले ८० पुगेका अविन्द्र कुमार उप्रेती उनका कानुन ब्यवसायी हुन् । संशोधनको निवेदन दर्ता गराउन कानुन ब्यवसायीसँग जिल्ला अदालत पुगेकी ति महिलाले कर्मचारीलाई भनिन् ‘म अर्केका पोइसँग किन सम्बन्धबिच्छेद गर्दिन, मेरो निवेदन लिनुहोस ।’666
कानुनी प्रावधान अनुसार उनको मुद्दा फेरी इजलासमै पेश गर्नु पर्ने हुन्छ । तर उनको मुद्दा फैसला गर्ने न्यायाधीश इन्द्रबहादुर रसुवा जिल्ला अदालतमा सरुवा भइसकेका छन् । झण्डै डेढ हप्ताअघि रमाना लिई उनी रसुवा पुगिसकेका छन् ।
काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार श्रीप्रसाद संजेलले प्राविधिक त्रृटि भएको हुन सक्ने बताए । ‘मलाई अहिलेसम्म जानकारी छैन, तर फैसला उतार गर्दा नाम फरक पर्न गएको हुनसक्छ ।
0 comments
Write Down Your Responses