काठमाण्डु,११ जेठ-गत वैशाख १२ र २९ गते नेपाल र नेपालीले झेलेको भूकम्पको त्रासदी शनिबार र मङ्गलबार परेकाले हरेक साता शनिबार र मङ्गलबार नजिकिँदा सर्वसाधारणमा मनोवैज्ञानिक त्रास बढेको पाइएको छ ।
दिनरातका पराकम्पका त्राससँगै २९ गते यताका शनिबार र मङ्गलबार मानिसहरू विशेष सचेत भएका छन् तर ती दिनका नाममा फैलाइएका भ्रमका कारण उनीहरूको मनमस्तिष्कबाट नकारात्मक सोचाइ भने हटेको छैन ।
भूकम्प गएका ती दिन (बार) संयोग मात्र भएका उल्लेख गर्दै नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम दिनहरू आफैँमा अनिष्टकारी नहुने बताउँछन् ।ज्योतिषशास्त्रलाई बदनाम गराउन केही तथाकथित ज्योतिषीले शनिबार र मङ्गलबारप्रति गरेका नकारात्मक टिप्पणीका पछि नलाग्न आग्रह गर्दै उनले मनोवैज्ञानिक भयबाट मुक्त हुनुपर्नेमा जोड दिए ।
यो वर्ष राजाको स्थानमा शनि ग्रह,मन्त्रीको स्थानमा मङ्गल ग्रह परेका छन् । यी दुई ग्रह एक आपसमा शत्रु ग्रह भएकाले देश र जनताको सुख शान्तिमा भने केही मात्रामा बाधा देखिने उनी बताउँछन् ।
ज्योतिषीहरु भन्छन्ः ‘मंगलबार र शनिबारको त्रास केही पनि होइन, बिर्सिदिनुहोस्’
0 comments
Write Down Your Responses