अपरान्ह ४.४४ बजे नेपालमा फेरि भूकम्पको धक्का महसुस

२०७२ जेष्ठ ५ मंगलवार


 काठमाडौं : नेपालमा मंगलबार अपरान्ह फेरि अर्को भूकम्पको धक्‍का महसुस भएको छ। अपरान्ह ४.४४ बजे सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूटको भूकम्पको धक्‍का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

म‌ंगलबार आएको यो तेस्रो धक्का हो। यसअघि बिहान ४.३४ बजे दोलखालार्इ केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्यूटको भूकम्प गएको थियो। त्यसपछि ११.२९ बजे सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.० म्याग्निच्यूटको भूकम्प गएको थियो।

सोमबार र आइतबार मात्रै नेपालमा तीनपटक भूकम्पको धक्‍का गएका थिए।शनिबार मात्रै नेपालमा नौ पटक भूकम्पको धक्‍का महसुस भएको छ।

0 comments

Write Down Your Responses