प्रहरीमाथि भूकम्पमा ज्यान गुमाएकी महिलाको १७ हजार लुटेको आरोप लागेपछि…

काठमाण्डु, २० वैशाख– गत साता आएको भूकम्पमा ज्यान गुमाएकी महिलाको साथमा फेला परेको रकम प्रहरीले लुकाएको भन्दै आफन्त र स्थानीयले प्रहरी कार्यालय घेराउ गरेका छन् ।




रौतहटको गौर स्थायी घर भई काठमाण्डु शोभाभगवती बस्दै आएका गणेश गिरीकी श्रीमती इन्दुको शवबाट प्रहरीले रकम लुटेको आरोपमा आफन्त र स्थानीयले काठमाण्डुको शोभाभगवती–१५ स्थित महानगरीय प्रहरी बिट  स्वयम्भू घेरेका थिए ।
त्यस क्रममा स्थानीय र प्रहरीबीच केहीबेर घम्साघम्सीसमेत भयो ।

आक्रोशित स्थानीय र मृतकका आफन्तले बिटका नायब निरीक्षक (सई) श्याम बिष्टले उक्त रकम लुकाएको आरोप लगाएका छन् ।

प्रहरीले भत्किएको घरमा पुरिएकी इन्दुको शव भग्नावशेषबाट निकालेको थियो । मृतकका श्रीमान श्यामलाई रकम बुझेको कागजमा हस्ताक्षर गराएको तर, पैसा नदिएको आरोप उनीहरुको छ ।

‘छोराको पास्नीका लागि भनेर राखेको १७ हजार पैसा मृतकको साथबाट प्रहरीले फेला पारेको रहेछ’, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यसमेत रहेका स्थानीय महेश नेपालीले काठमाण्डु टुडेसँग भने, ‘पैसा बुझेको कागजमा सही गराएर पैसा भने नदिएको पाइयो ।’

उनले कागजमा सही गरेको तर पैसा नपाएको गुनासो गर्न गएका गिरीमाथि सई विष्टले उल्टै हातपात र दुव्र्यवहार गरेको आरोप लगाए ।
यसैबीच गिरीले आफ्नो १७ हजार रकम चोरी भएको भन्दै छानविनका लागि स्वयम्भू प्रहरीमा निवेदन दिएका छन्

0 comments

Write Down Your Responses