नेपालमा भारतीय मिडियाको ज्यादती विरुद्ध विश्वभरी विद्रोह, ट्वीटरमा

May 3, 2015

२० बैशाख, काठमाडौं





१२ बैशाख शनिबारको दिन नेपाल आएको भयानक भुकम्पको महाविपत्तिको उद्दार र राहतका क्रममा भारतीय मिडियाहरुले नेपालमा गरेको ज्यादतीविरुद्ध नेपालमा मात्र होइन विश्वभरी नै विरोध हुन थालेको छ ।

भारतीय मिडियाको रबैयाप्रति सामाजिक सञ्जालमा ब्यापक विरोध भैरहेको छ भने चर्चित सामाजिक सञ्जाल ट्वीटरमा भारतसहित विश्वका चर्चित मिडियाकर्मीले भारतीय मिडियाविरुद्ध चलिरहेको  (भारतीय मिडियाहरु घर फर्क) ट्याग गरेर टाइमलाइनमा स्ट्याटस राखेका छन् ।

नेपालमा विपत्ती आइरहँदा भारतीय मिडियाले विषयलाई रिपोर्टिङ होइन उछाल्ने र अतिरञ्जित बनाउने तर्फ भएकोमा सबै एकमत देखिएका छन् ।
यसरी विरोध गर्नेमा नेपाली भन्दा धेरै भारतीयहरु नै देखिएका छन् । नेपालबाट गरिएको भारतीय मिडियाको रिपोर्टिङ भारतमै पनि विवादित बनेपछि कतिपयले तिखा टिप्पणी गरेका छन् ।

ह्याश ट्याग हाल भारतमै नम्वरमा एकमा ट्रेण्ड गर्न थालेको छ भने विश्वभरीमा समेत यो ट्याग अव चर्चित हुँदै गएको छ । यो ह्याश ट्याग अहिले विश्वभरीमा २ नम्बरमा देखिएको छ ।

आजतक जस्तो चर्चित टेलिभिजन सञ्चालन गर्ने इण्डिया टुडे ग्रुपका भाइस चेयरम्यान रहेका तथा इण्डियन एक्सप्रेसका १९ वर्ष सम्म प्रधान सम्पादक रहेका शेखर गुप्ताले समेत यो ह्याशट्याग प्रयोग गरेपछि भारतीय मिडियाकर्मीमाझ यो आम विषय बनेको छ ।

चर्चित चर्चित सञ्चारकर्मी र विज्ञहरुले समेत यो ह्याश ट्याग प्रयोग गरेका छन् ।
यो ह्याश ट्याग ट्विटरको वर्ल्डमा पनि ट्रेण्ड गर्न थालेको छ। यसलाई कतिपयले नेपालीहरुको भारतीय मिडियामाथिको आक्रोशको रुपमा पनि अर्थ्याएका छन्।

भारतमा नेपाल आएका भारतीय मिडियाले भारत सरकारले उपलब्ध गराएका हेलिकप्टर चढेर मोदीको गुणगान गाउन प्रयोग भएको टिप्पणी गर्ने थालेका छन्। ठीक त्यस्तै नेपालमा पानि भारतले हल्ला बढि र काम कम गरेको आरोप लाग्ने थालेको छ।

भारत नेपालमा गर्न होइन देखाउन आएको सेन्टीमेन्टसंग मेल खाने गरि भारतमा ट्विटरमा #GoHomeIndianMedia ह्याश ट्याग ट्रेन्ड गर्न थालेपछि भारतीय मिडियाको प्रस्तुतिले भारतमै पनि स्विकार्य हुन नसकेको बुझिन्छ ।

विश्वप्रेस स्वतन्त्रताकै दिन भारतीय मिडियाहरुमा भएको यो सांकेतिक हमलाले उनिहरुको प्रस्तुतिमा केही फरक ल्याउला कि ? नत्र स्वयम भारतीयहरु नै भन्न थालिसके-

,

0 comments

Write Down Your Responses