इटहरीमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाईयो, भारतीय सेनालाई तत्काल नेपाल छाड्न चेतावनी

 २२ बैशाख ।



गत बैशाख १२ गते नेपालमा गएको बिनासकारी महाभूकम्प पश्चात उद्धारमा आएका भारतीय सेनाले नेपालमा हस्तक्षेप गर्न खोजेको भन्दै सुनसरीको इटहरी स्थित जनता क्याम्पसका बिद्यार्थीहरुले आज दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् ।

राहत र उद्धारको नाममा नेपाली भुमीमा भारतीय सेना तथा अन्य गिरोहले ठाडो हस्तक्षेप गरेको भन्दै इटहरीस्थित जनता क्याम्पसका बिद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका हुन् ।

क्याम्पसको प्राङगणबाट बिभिन्न नाराबाजी गर्दै निस्किएका बिद्यार्थीहरुको संगठन क्रान्तिकारी बिद्यार्थी र अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियनले मोदीको पुत्ला जलाएका हुन् ।

भूकम्प पश्चात राहत र उद्धारको नाममा भारतीयहरुले नेपाली भुमि छाडन नमानेको र नेपालको गरिमामय गौरवलाई समेत आच आउने काम गरिरहेको भन्दै भारतबाट आएका उद्धारकर्मीहरुलाई तत्काल नेपाल छाडन बिद्यार्थीहरुले चेतावनी दिदै आएका छन् ।

0 comments

Write Down Your Responses