फेरि अहिले भर्खरै भूकम्प गएको छ, आजै ९ पटक झट्का
सोमबार, 21 बैशाख,
काठमाडौँ, वैशाख २१/ काठमाडौमा भर्खरै भुकम्पको ठुलो धक्का महसुस गरिएको छ । धक्का महसुस भएपछि मानिसहरु घरबाट बाहिरिएर सडकमा आएका छन् । आज मात्र १० पटक भन्दा बढी भुकम्पको धक्का महसुस गरिएको छ ।
भुकम्पको धक्कापछि फेसबुक र ट्विटरमा समेत धक्का महसुस गरिएको भन्दै स्टाटस र ट्विट गरेका छन् धेरैले । आज मात्र ३ बजेर ४० मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.४ रेक्टर स्केलको भुकम्प गएको छ। यसअघि २बजेर ३४ मिनेटमा दोलखामा ४.७, १बजेर १७ मिनेटमा गोरखामा ४।०, १० बजेर ३६मिनेटमा नुवाकोटमा ४।१, नुवाकोटमै १०बजेर ३३ मिनेटमा ४.०, ९ बजेर ५४ मा नुवाकोट र रसुवामा ४।२, ७ बजे दोलखामा ४.३ र सिन्धुपाल्चोकमा ४बजेर ५४ मिनेटमा ४.२ रिक्टरस्केलको भुकम्प गएको छ ।
0 comments
Write Down Your Responses