मंगलबार साँझ ५ बजेर ४८ मिनेटमा दोलखामा अर्को भूकम्पको झड्का
२०७२ जेठ १२ गते
काठमाडौं, १२ जेठ । विनाशकारी भूकम्प गएको महिना वितेको दिन दोलखामा भूकम्पको अर्काे धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार साँझ ५ बजेर ४८ मिनेटमा दोलखामा ४ दशमलब १ रेक्टर स्केलको भूकम्प कम्पन भएको छ ।
दोलखामा यसअघि मंगलबार दिउँसो २ बजेर ११ मिनेटमा ४ दशमलब ३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको थियो । केन्द्रका अनुसार सोमबार राति ११ बजेर १६ मिनेटमा पनि दोलखामै भूकम्प गएको थियो ।
स्रोत - दैनिक नेपाल
0 comments
Write Down Your Responses