गदम्बा स्टिल्सले भन्योः धरहरा म बनाइदिन्छु

May 4, 2015


२१ बैशाख, काठमाडौं ।
जगदम्बा स्टिलले विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको काठमाडौंको धरहरा पुननिर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।

राष्ट्रकै महत्त्वपूर्ण ऐतिहासिक धरोहर धरहराको पुननिर्माणको लागि कम्पनीले प्रधानमन्त्री समक्ष अनुमतिका लागि निवेदन दिइसकेको जगदम्बा स्टिल्सका अध्यक्ष साहिल अग्रवालले बताए ।

नेपाल सरकारले अनुमति दिएको दिनदेखि नै कम्पनीले सम्पूर्ण खर्च व्यहोरी धरहरालाई पहिलेकै स्वरुपमा पुननिर्माण गर्ने प्रक्रिया शुरु गर्ने जगदम्वाले शुरु गर्ने जानकारी दिएको हो । जगदम्वाले भूकम्पपीडित समुदायलाई लक्षित गरी विभिन्न राहत कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको छ ।

यसैगरी कम्पनी आर्थिक रुपले कमजोर जनतालाई भत्किएको घर पुननिर्माण गर्न सहयोगार्थ आफ्ना उत्पादनहरुको बजार मूल्यमा सहुलियत प्रदान गर्न प्रतिबद्ध रहेको जगदम्बा स्टिल्सका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले जानकारी दिएका छन ।

0 comments

Write Down Your Responses