मंगलवार बिहानै ४.४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस
काठमाडौं, ०५ जेष्ठ -
आज मंगलबार बिहान दोलखालाई केन्द्रबिन्दू बनाएर ४.४ म्याग्निच्यूटको भूकम्प गएको छ। बिहान ४ बजेर ३४ मिनेट जाँदा ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
बैशाख १२ गते र २९ गते शक्तिशाली भूकम्प आएपछि पराकम्पन जान रोकिएको छैन। यस अघि हिजो पनि तीन वटा पराकम्पन गएको छ। हिजो बिहान दोलखालाई केन्द्र बिन्दू बनाएर ४. र ४.२ रेक्टर स्केलको भूकम्प गएको थियो भने गोरखा र धादिङ्गलाई केन्द्रबिन्दू बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो।
0 comments
Write Down Your Responses