नेपालको अवस्था देख्दा आमिर खानको मन दुख्यो

May 3, 2015


एजेन्सी ।
हालै मात्र नेपाल आएर फर्किएका बलिउड अभिनेता आमिर खानले नेपालको अवस्थाले आफ्नो मुटु नै छिया छिया भएको टिप्पणी गरेका छन् ।

७ दशमलव ९ रेक्टर स्केलको भूकम्पका कारण नेपालका विभिन्न स्थानमा विनाश लिला मच्चिएको एक सातापछि आमिर खानले ट्वीट गर्दै नेपालको अवस्थाप्रति दुःख ब्यक्त गरेका मात्र छैनन् आफ्ना फ्यानहरुलाई सहयोग जुटाउन पनि आग्रह गरेका छन् ।

उनले नेपालमा बढिरहेको मृत्यु हुने संख्याले आफूलाई कठिन भैरहेको भन्दै भूकम्प प्रभावित वालवालिकाहरुलाई सहयोग गर्न पनि अपिल गरेका छन् ।

यस अघि सलमान खानले नेपालका भूकम्प पीडितलाई ठूलो राशिको सहयोग गरेको हल्ला फैलिएपछि उनले नेपालमा आफूले सहयोग नगरेको बताएका थिए भने अक्षय कुमारले पनि यस्तै स्पष्टीकरण दिएका थिए ।

0 comments

Write Down Your Responses