गगन थापाले बनाए ४८ वटा अस्थायी टहरा
काठमाडौं, जेठ ३
गगन थापाले भूकम्प पीडितका लागि ४८ वटा अस्थायी टहरा बनाएका छन्।
२ दिनको श्रमदानवाट ४८ अस्थायी घर बनाएर हामी नुवाकोटको कुमारी गाउँवाट फर्केका छौं, थापाले भने, नेपाली काँग्रेसका साथीहरूको सहयोग र काँग्रेसकै यूवाहरूको स्वयंसेवी श्रमदान भएपनि हामीले घर निर्माण गर्दा कुनै आस्था र पृष्ठभूमि हेरेनौं। एउटा गाँउ छनोट गर्यौं र त्यस गाँउको सवैका घरहरू निर्मान गर्यौं।
दुई दिनसम्म सँगै बसेर सँगै श्रमदान गरेर स्थानीय जनतासँग जोडिन पाउँदा आफूलाई खुसी लागेको थापाले बताए।
काठमाडौं क्षेत्र नं. ४ चुनिखेलका १० जना कालिगढ, थापाथली ईन्जिनियरिङ कलेज, डव्लु आर सी, नेपाल ईन्जिनियरिङ कलेज, कस्मस ईन्जीनियरिङ कलेज, कान्तिपुर सिटी कलेज, कान्तिपुर ईन्टरनेसनल कलेज लगायत विभिन्न क्याम्पसका नेविसंघ आवद्ध ४० भन्दा वढि ईन्जीनियर प्राविधिक, पव्लिक पोलिसी पाठशालाका विद्यार्थीहरू र डेमोक्रेटिक युथ एलाईन्ससहित अन्य ९० जनाको टिम थियो।
घर निर्माणका लागि चाहिने जस्ता पाता, वाँस, अन्य सामाग्रीहरू म लगायत नेपाली काँग्रेसका साथीहरूको योगदानवाट जुटाएको थापाले बताए।
‘सरकारले भर्खर मात्र डुङ्ग्रे वास र २ नाले घरको नमुना प्रस्तुत गरेको भएपनि डुंग्रे वास (घर) बनाउन कोहि पनि तयार देखिनु भएन। हामीले एक नाले र दुई नाले दुवै खाले घर बनायौं,’ थापाले भने, ‘हाम्रो अनुभवमा दुई लाने घर बनाउँदा सामाग्री र श्रम दुवै बढी लाग्ने रहेछ। गाँउमा कतिपय ठाँउमा बाँस तथा ढूङ्गा अभाव र काठ जुटाउने क्रममा बन धेरै मासिने संभावना पनि उत्तिकै देखियो। सामाग्री र स्रोत साधन भएको ठाँउमा २ नाले उपयुक्त भएतापनि सिमित स्रोत साधन भएको ठाँउहरूमा १ नाले घर सवैकिसिमले उपयुक्त छ।
0 comments
Write Down Your Responses