आज मध्यान्ह १२ बजे र ३ मिनेटमा पनि भूकम्पको धक्का

२०७२ जेष्ठ १३ बुधवार


काठमाडौं : बुधबार पनि भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार मध्यान्ह १२.०३  बजे दोलखालाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको छ।

वैशाख १२ को विनाशकारी भूकम्पको परकम्पको रुपमा यो भूकम्प गएको छ। यसअघि मंगलबार राति १०.५२ बजे हावाहुरी चलिरहेकै बेला ५ रेक्टरको भूकम्प गएको थियो ।

मंगलबार पाँचपटक र सोमबार तीनपटक भूकम्प गएको छ ।वैशाख १२ गतेको विनाशकारी भूकम्पछि हरेक दिनजसो भूकम्पको धक्का महसुस भएको छ।

चार म्याग्निच्यूडभन्दा तलका परकम्प तथा भूकम्पको रेकर्ड केन्द्रले सार्वजनिक गर्ने गरेको छैन। एक महिनाको अवधिमा चार म्याग्निच्यूडसम्मका २ सय ६५ परकम्प आएका छन्।एक महिनामा आएका अधिकांश भूकम्पले गोरखा, दोलखा, सिन्धुपाल्चोक,रसुवा र आसपासको क्षेत्रलाई केन्द्र बनाएका छन्।

0 comments

Write Down Your Responses