प्रशान्त तामाङ हराएको सूचना !
नेपाली मुलका ‘इन्डियल आइडल’ प्रशान्त तामाङ । जसको नेपालीसँग प्रत्यक्ष र आत्मीय सम्बन्ध रहेको छ । उनी ‘इन्डियल आइडल’ बन्दा होस् या गायकबाट नायक बनेर नेपाली फिल्ममा खेल्दा उनीप्रति नेपालहिरुले देखाएको सद्भाव, माया, आत्मीयता, प्रेम पक्कै पनि एक दाजु, भाई, छोरा अथवा असल मित्रको नाममा थियो । ‘इन्डियल आइडल’ २००७ को उपाधी जित्दा उनले नेपालीबाट प्रशस्त सहयोग पाएका थिए । उनलाई लाखौँ नेपालीले भोट दिएका थिए । यतिमात्र होइन उनले नेपाली फिल्ममा अभिनय गर्दा पनि दर्शकले उनको फिल्म हेरेर उनको फिल्मी यात्रामा पनि सकेजति सहयोग र सद्भाव देखाए । यसअर्थमा पनि प्रशान्तप्रतिको नेपाली माया हामी प्रस्ट देख्न सक्छौँ ।
तर, अहिले नेपाली पीडामा छन् । तीनै लाखौँ नेपाली जसले उनलाई ‘इन्डियल आइडल’ बन्न हरपल साथ दिए उनीहरु अहिले आँसुको सागरमा डुबेका छन् । तर, खै कहाँ छन् उनी ? साच्चि उनी कता हराएका छन् ? उनलाई थाहा त छ नी नेपालीको पीडा ? हुन त उनी भगवान होइनन् उनले नेपालीको पीडालाई ‘छु मन्तर’ गरे ‘स्वाहा’ पार्न त सक्दैनन् तर, नेपालीले उनलाई दिएको त्यो मायाको ऋण तिर्न भने सक्छन् उनी । त्यसो त उनीसँग नेपालीले कुनै आर्थिक सहयोगको आशा गरेका छैनन् । गर्दा पनि गर्दैनन् । गरेका छन् त केबल उनको सद्भावको, मायाको अनि आफनत्वको । किन कि नेपालीलिे त उनलाई आफ्नै मानेका छन् नी । यदि उनी दुई चार जना नेपालीको घरमा पुगेर राहत वितरणमामात्र सहयोग गर्थे त आज साच्चि आफ्नो मान्छे आफ्नै हुन्छ भन्ने भान हुन्थ्यो होला नेपालीलाई ।
यतिबेला देश तथा विदेशबाट सबैजनाले नेपनलीप्रति सहानुभूति जनाएका छन् । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ दिएका छन् । जसका लागि नेपनलीले केही गरेका छैनन्, उनीहरुले आफनत्व देखाएका छन् । तर, जसलाई आफ्नो सम्झे खोई कहाँ छन् ति ? आफूलाई छोरा, दाईभाई, असलमित्र मान्ने नेपालीको दुःखमा उनी कसरी हराउन सक्छन् ! यदि हराएका छैनन् भने आर्थिक सहयोग नगरेता पनि स्नेह बाड्न किन आएनन् उनी ? नेपालीले लगाएको गुन तिर्न किन सकेनन् उनले ? साच्चि उनले नेपालीलाई सुःखको साथीमात्र बनाएका हुन् त ? यदि यसो हो भनेम उनलाई भन्न चाहन्छु, ‘डियर प्रशान्त हामी नै हौँ जुनबेला तिमी ‘इन्डियल आइडल’ बन्न गइरहेका थियौ, त्यतिबेला बाटो–बाटोमा तिम्रा लागि भोट माग्दै हिड्ने । हामी नै हौँ तिम्रो फिल्म आउँदा तिमीलाइृ आफ्नो सम्झेर सद्भाव पाख्दै फिल्म हल धाउने । हामी नै हौँ तिम्रो जितमा उल्लास मनाउने अनी तिमी नेपाल आउँदा तीमिलाई फूलमाला लगाउँने ।’
आज नेपाल आमा रोइरहेकी छन् । तिमीबाट पनि सद्भावको आशा गरेकी छिन् । तिमीलाई हेरेर आफ्नो दुःख साट्न चाहन्छिन् तर खै तिमी कहाँ छौँ । हुन् त यहाँ तिमीजसता थुप्रै सन्तानहरु छन् । तिमी नै हुनुपर्छ भन्ने छैन तर, ‘डियर प्रशान्त’ तिमीले पनि ऋण बोकेका छौँ यो देशको त्यस्तो ऋण जुन तिमीले अहिले तिर्न सकेनौँ भने कहिल्यै सक्दैनौ ।
कि तिमीलाई नेपालमा भूकम्प गएको र नेपाली रोएको थाहै छैन र ? यदि त्यसो हो भने ‘डियर प्रशान्त’ नेपालमा भूकम्प गएको छ । हजारौँ मानिसले मृत्युवरण गरेका छन् । हजारौँ घाइते छन् र लाखौँ विस्तापित भएका छन् । जसले तिमीलाई न्यानो माया दिए, स्नेह गरे र हरपल साथ दिए ति आज पीडामा छन्, आँसुमा छन् । तिमी कता हराएका छौँ ? तिमी पनि साच्चि कतै पीडामा छौँ भने आज पनि नेपाल आमा तिमीसँगै छिन् र तिम्रो स्वास्थलाभको कामना गर्छिन् । यदि तिमी हराएकान छौ भने पनि हामी सूचना निकाल्छौँ । हो सूचना । प्रशान्त तामाङ हराएको सूचना ।
0 comments
Write Down Your Responses