अस्ट्रियाले खोल्यो ७० हजारका लागि शरणार्थी आवेदन

काठमाडौं, २१ जेठ । अस्ट्रियाले आफ्नो राष्ट्रमा आउने शरणार्थी आवेदन खोलेको छ ।
यस वर्ष करिब ७० हजार शरणार्थीले अस्ट्रियामा शरणको लागि आवेदन गर्ने अनुमान गरिएको अस्ट्रियाली गृहमन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।
यसअघि सन् २०१५ मा ५० हजार शरणार्थीले मात्र आवेदन गर्ने अनुमान गरिएको थियो । हाल गरिएको यो अनुमान नयाँ भएको बताइएको छ । यसमा नेपाली पनि शरणार्थी बनेर अस्ट्रिया जाने गरेका छन् । जसमा अधिकांश अध्ययन भिसामा जाने गरेका छन् ।
हाल गरिएको यो अनुमान सन् १९६८ यताकै सवैभन्दा उच्च भएको जनाइएको छ । सन् १९६८ मा एक लाख ६२ हजार शरणार्थीले अष्ट्रेलियामा शरण पाएका थिए । रासस/सिन्ह्वा

0 comments

Write Down Your Responses