सवा ४ बजे नेपालमा फेरी भूकम्प

June 4, 2015  |


बिहीवार 21 जेष्ठ, 2072
काठमाडौं, जेष्ठ २१ । गत वैशाख १२ गतेको शक्तिशाली भूकम्पपछिका पराकम्पन जानेक्रम अझै रोकिएको छैन । विहीबार मात्रै दिउँसो साढे ४ बजेसम्म एक पराकम्पन आएको छ ।

दिउँसो ४ बजेर १६ मिनेटमा दोलखा केन्द्रबिन्दू भएर ४ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि, बुधबार ४ ओटा पराकम्पनहरु आएका थिए ।
शक्तिशाली भूकम्पपछि साना पराकम्पन जानेक्रम केही समय रहन सक्ने भन्दै विज्ञहरुले यसबाट नतर्सन र सजग रहन सुझाउँदै आएका छन् ।

0 comments

Write Down Your Responses