भारतीय वायु सेनाको जहाज दुर्घटनाग्रस्त : पाइलटले हामफालेर ज्यान बचाए

एजेन्सी


२०७२ जेष्ठ २० बुधवार
एजेन्सी : भारतीय वायुसेनाको एडभान्स जेट ट्रेनर जहाज बुधबार दिउँसो दुर्घटनामा परेको छ । भारतको  कलाईकोन्डा एयरबेसबाट करिब ५० किलोमिटर टाढाको बाहरागोरामा यो जहाज दुर्घटनाग्रस्त भएको हो ।

दिउँसो १ बजेर २८ मिनेटमा भएकव दुर्घटनाका क्रममा जहाजमा सवार दुबै पाइलटले हामफालेर ज्यान बचाएका छन् ।

यो दुर्घटना हुँदा जहाज आफ्नो नियमित तालिका अनुसारको मिसनमा थियो । वायुसेनाले जहाज दुर्घटना छानविनका लागि कोर्ट अफ इनक्वाइरी गठन गर्न आदेश दिएको छ।  यो जहाजको लडाकू जहाजका पाइलटलार्इ तालिम दिनका लागि प्रयोग हुँदै आएको थियो ।

वायुसेनाले यो जहाजन बेलायतसँग सन् २०११ मा खरिद गरेको थियो । २००४ मा भएको ८ खर्बको सम्झौताका क्रममा दुर्इ इन्जिनवाला ६६ जटा ट्रेनर जहाज भारतले लिएको थियो ।

यसमा २६ वटा जहाज बेलायतबाटै ल्याइएको थियो भने बाँकी ४० वटा जहाज हिन्दुस्तान एरोनेटिक्स लिमिटेडमा बनाइएको थियो ।

0 comments

Write Down Your Responses