आफ्नै घर चोरी गर्न आएका चोरसँग लभ परेपछि…

July 11,


एजेन्सी । कोही चोर तपाईको घर चोरी गर्न आयो भने तपाई के गर्नुहुन्छ ? पक्कै पनि तपाई सम्भव भए आफै र त्यो पनि नभए प्रहरी बोलाएर पक्राउ गराउनुहुन्छ र त्यसलाई सजाय दिलाउनु हुन्छ ।
तर भारतको भोपालमा भने अनौठो घटना सार्वजनिक भएको छ, जुन कुरा सुनेर तपाई पनि छक्क पर्नुहुन्छ । चोर जुन घरमा चोरी गर्न गएको थियो त्यही घरकी मालिक्नीसँग प्रेम सम्बन्ध स्थापित भएको छ ।
चोरले उनको घरमा चोरी गरेर फर्किए र दुई दिनपछि उनले आफ्नो मनको सबै कुरा भने । चोरको कुराबाट घर मालिक्नी प्रभावित भइन् । प्रहरीको क्राइम ब्युरोले ३४ वर्षीय मुकेश ठाकुरलाई पक्राउ गर्यो ।
एक दिन उनी दिलकुशाकी रेहानाको घर चोरी गर्न गएका थिए । रेहाना सुतिरहेकी थिइन् । चोरी गर्न गएपनि ठाकुर रेहानालाई देखेर धेरै प्रभावित भए ।
रेहाना आफ्ना पतिसँग अलग भएर दिलकुशामा बसेकी हुन् । चोरी गर्नका लागि आएका मुकेश त्यहाँबाट गए तर दुई दिनपछि फेरि फर्किएर आए । उनले आफू चोरी गर्न आएपनि फर्किएर गएको बताए ।
रेहाना मुकेशको कुराले निकै प्रभावित बनिन् र उनीहरुबीच प्रेम सम्बन्ध स्थापित भयो । पक्राउ परेका मुकेशले प्रहरीसँग भने दुई दर्जन घटनामा संलग्नता स्वीकार गरेका छन् ।

0 comments

Write Down Your Responses