शाहरुख र अजयको दुष्मनी सकियो

एजेन्सी : कुनै समय एकअर्काको अस्तित्व स्वीकार्न समेत तयार नहुने बलिउडका दुर्इ हस्ती शाहरुख खान र अजय देवगनबीचको शत्रुता सकिएको छ ।

केही दिनअघि शाहरुख खान र अजय देवगनको एक तस्बिर सार्वजनिक भएपछि उनीहरुबीचोक दुष्मनी सकिएको अनुमान गरिएको हो । त्यो तस्बिरमा यी दुबै कलाकार सँगै खाना खाइरहेको अवस्थामा देखिएका थिए ।

आफ्नो अघिल्लो फिल्म 'दृश्यम' को पत्रकार सम्मेलनका क्रममा खिचिएको यो तस्बिरबारे प्रतिक्रियाद दिँदै अजयले कुनै योजनाबीच आफूहरुको भेट भएको बताए ।


'यो कुनै योजना थिएन, जब तपार्इं एकै ठाउँ उभिनुहुन्छ, भेट हुँदा सँगै बसिन्छ', उनले भने, 'हामी सँगै बसेका बेला हाम्र तस्बिर कसैले खिचेर तपार्इंहरुसमक्ष ल्याइपुर्यायो ।'

दुबै दुष्मनी सकिएको बताइरहँदा उनीहरुले यसबारेमा अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन् । 'सन अफ सरदार' र 'जब तक हे जान' फिल्मको रिलिजका क्रममा यी दुर्इबीचको टक्करले सञ्चारमाध्यममा चर्चा बटुलेको थियो ।

यही कारण अजयकी पत्नी तथा अभिनेत्री काजोल र शाहरुखबीच पनि दुरी बढ्न पुगेको थियो । तर हालै सार्वजनिक तस्बिरले उनीहरुबीच दुरी घटिएरहेको प्रष्ट बताउँछ ।

साथीहरुसँग सम्बन्ध सुमधुर बनाउन यो वर्ष शाहरुख खानलार्इ गतिलो अवसर बनेको छ । यसअघि सलमानसँग दुरी घट्यो अहिले अजयसँग पनि नयाँ ढंगबाट सम्बन्ध अघि बढ्यो ।

अहिले अजय देवगन आफ्नो फिल्म 'दृश्यम' को प्रमोशनमा व्यस्त छन् । यो फिल्ममा १६ वर्षपछि तब्बु र अजय देखिनेछन् । निशिकान्त कामतको निर्देशनमा बनेको यो फिल्म २४ जुलार्इमा रिलिज हुँदैछ ।

,

0 comments

Write Down Your Responses