सलमानले सुनिल सेट्टीकी छोरी अतियालाई यसरि भित्र्याए

मुम्बई । बलिउडका सुपरस्टार अभिनेता सलमान खान अहिले चर्चामा छन् । फिल्म ‘बजरंगी भाईजान’ प्रदर्शन मिति नजिकिँदै जाँदा सलमान प्रमोशन व्यस्त हुँदा बलिउड बजारमा उनको चर्चा भइरहेको छ । फिल्म

‘बजरंगी भाईजान’ आउँदो शुक्रबार प्रर्दशनमा आउँदैछ । त्यसैगरी सलमानले एक नयाँ फिल्म निर्माण गरेका छन् । नाम हो ‘हिरो’ । जसलाई सुभाष घईसँग मिलेर सलमानले संयुक्त रुपमा निर्माण गरेका हुन् । निर्देशन निखिल आडवाणीले गरेका छन् । फिल्ममा सलमानले बलिउडका अर्का अभिनेता सुनिल सेट्टीकी छोरी अतिया शेट्टीलाई डेब्यु गराएका छन् । यसअघि दबंग फिल्मबाट अभिनेता शत्रुधन सिन्हाकी छोरी सोनाक्षी सिन्हालाई बलिउडमा भित्र्याएका सलमानले नै सुनिलकी छोरी अतिया शेट्टीलाई भित्र्याएका हुन् । अतियासँगै फिल्म ‘हिरो’मार्फत अभिनेता आदित्य पन्चोलीका छोरा सुरज पन्चोलीलाई पनि सलमानले बलिउडमा प्रवेश गराएका छन् । फिल्म ‘बजरंगी भाईजान’को रिलिजपछि सलमान ‘हिरो’ को प्रमोशनमा जुट्ने भएका छन् । फिल्म ‘हिरो’ आगामी ४ सेप्टेम्बरमा रिलिज हुँदैछ ।

,

0 comments

Write Down Your Responses