दुनियाको सबैभन्दा डरलाग्दो चर्च, जसमा छन् ७० हजार मानिसका खप्पर

झलक्क हेर्दा यी दृश्यहरु कुनै भुताहा फिल्मका दृश्यजस्ता लाग्नसक्छन् । तर होइन, यो फिल्मको दृश्य नभै सक्कली दृश्य नै हो, त्यो पनि एउटा चर्चको दृश्य ।

चर्चमा मानिसका अस्थीपन्जर ? प्रश्न सहजै उठ्छ । दुनियामा कहीँ पनि नभएको यस्तो विचित्र चर्च चेक गणतन्त्रमा छ । चेकको सेडलेक ओसुरी चर्चमा झण्डै ७० हजार मानिसका खप्पर तथा हड्डीहरु रहेका छन् ।
कसरी आए त त्यतिधेरै मानिसका अस्थिपन्जर ? वास्तवमा उनीहरुमध्ये अधिकांस सन् १३१८ मा फैलिएको प्लेग रोगको महामारी तथा १५ औँ सताब्दीमा भएको हसाइट युद्धामा मरेका मानिसहरु हुन् ।
खप्परे चर्चको नामबाट परिचित यो डरलाग्दो चर्चमा मानिसका जिउका हड्डीहरु तथा खप्परहरुलाई विभिन्न कलात्मक आकृतिमा सजाइएको छ ।
चर्चमा ६ वटा पिरामिड, चारवटा क्यान्डिलब्रा तथा क्यान्डिल होल्डर लगायतका सबै चिज मानिसकै हड्डीबाट बनेका छन् । हड्डीबाटै विभिन्न खाले भुताहा आकृतिहरु पनि बनाइएका छन् ।
१५ औँ सताब्दीमा बन्द भएको यो चर्चको चिहानघरमा शवहरु पुरिएका थिए । पछि उत्खनन गरेर मानिसका अस्थिपन्जर निकालेर पिरामिड बनाएर थुपारियो । सन् १८७० मा स्थानीय काष्ठ कलाकारलाई हड्डीका कलात्मक आकृति बनाउने जिम्मा दिइयो । त्यसपछि उनले ठूलो मेहेनत लगाएर मानव हड्डीलाई कलामा ढाले । हेरौँ खप्परे चर्चभित्रका रोचक दृश्यहरु

,

0 comments

Write Down Your Responses