बागमतीमा ४ दिने छोरा फाल्नुको कारण अवैध सम्बन्ध, यसरी बस्यो ड्राइभर दाई सँग सम्बन्ध

२०७२ असार २६ गते


काठमाडौं, २६ असार । बच्चा जन्माएर बागमती नदीमा फाल्ने महिलाको नयाँ खुलासा भएको छ ।
ती महिलाले जन्माएको चार दिनमै नाबालक शिशुलाई विहीबार बागमतीमा फालेकी थिईन् । स्थानीयले देखेपछि उनलाई समातेर प्रहरीको जिम्मा लगाएका थिए ।
कसरी जन्मियो बच्चा ?
बागमतीमा बच्चा फल्ने महिलाको नाम हो कान्छीमाया तामाङ । उमेर भयो २२ बर्ष । घर काभ्रे गोकुले–५ मा पर्छ । उनले बच्चालाई पशुपतीमा फालेकी थिईन । उनका श्रीमान वैदेशिक रोजगारका क्रममा खाँडी मुलुकमा छन् ।
गत वर्ष उनी काठमाडौं आउने क्रममा एक बस ड्राइभरसँग चिनजान भयो । श्रीमान विदेश गएकाले यौन प्यास मेटाउन नपाएकी उनले ड्राइभरसँग आफ्नो सम्बन्ध बढाए । जसअनुसार उनीहरु शारीरिक सम्पर्क पनि हुन थाल्यो ।
त्यो शारीरिक सम्पर्क उनी गर्भवती भईन् । शारीरिक सम्पर्क राख्दा ख्याल नगरेकाले उनको गर्भपतन गराउने अवस्था थिएन् । अन्ततः उनले अवैध सम्बन्धबाट बच्चा जन्माईन् ।
बच्चा पाल्दा पोल खुल्ने डरले उनले जिउँदै बच्चालाई पशुपतीस्थित बाग्मती खोलामा फालिन । तर स्थानीयले देखेपछि उनलाई पक्राउ गरे । अचम्मको कुरा के भने ४ दिनको नाबालाक बच्चाको सकुशल उद्धार गरिएको छ ।
कारवाही प्रक्रिया अगाडि बढ्यो
त्यो घटनापछि उनलाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ । महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी राकेश सिंहका अनुसार उनले प्रहरी वयानको यो कुरा बताएकी हुन् । पक्राउ परेकी तामाङलाई ज्यानसम्बन्धि मुद्दामा ३ वर्षसम्म कैद सजाय हुने उनले बताए ।
बिहीबार बिहान बाग्मतीमा युवतीले फोहोर फालेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि घटनाको रहस्य खुलेको हो । खोलामा फालिएको झोला निकालेर हेर्दा सानो बच्चा जिउदै भेटिएको थियो । प्रहरीले बच्चालाई अस्पताल पुर्‍याई
स्रोत - दैनिक नेपाल

0 comments

Write Down Your Responses