नेपालले खेल्ने दुई खेल टेलिभिजनमा हेर्न पाइने, कुन-कुन दिन आउँछ ?

२०७२ असार २६ गते


काठमाडौं, २६ असार । टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा नेपालले खेल्ने दुई खेल टेलिभिजनमा प्रसारण हुने भएको छ ।
आइसीसीले सार्वजनिक गरेको विश्वकप छनोट प्रतियोगिताको टिभी प्रसारण तालिकाअनुसार नेपालले खेल्ने दुई खेललाई टेलिभिजनमा प्रसारण गरिन लागेको हो । आइसीसीको तालिका अनुसार प्रतियोगिताका २० वटा खेलहरुलाई मात्रै टेलिभिजनमा प्रसारण गरिनेछ ।

जसअनुसार समूह चरण अन्तर्गतका नेपालका दुई खेल उक्त तालिकामा परेका छन् । नेपालले जुलाई १७ (साउन १ गते, शुक्रबार) पपुवा न्युगिनीसँग खेल्ने खेल र जुलाई १८ (साउन २ गते, शनिबार) जेरेसीसँग खेल्ने खेल टेलिभिजनमा हेर्न पाईने आइसीसीको तालिकामा उल्लेख छ ।
नेपालले खेल्ने खेलको नेपालमा स्टार स्पोर्ट्स-४ र स्टार स्पोर्ट्स-४ एचडीले प्रसारण गर्नेछन् । प्रसारण हुने दुवै खेल डब्लिनमा खेलिने छ । नेपाली समयअनुसार २ बजेर ४५ मिनेटमा सुरु हुने खेलको प्रसारण आधाघण्टा पहिला हुनेछ ।
नेपालले समुह चरणका ४ वटा खेल बेलफास्टमा खेल्नेछ भने दुईवटा खेल डब्लिनमा खेल्ने छ । डब्लिनमा खेलिने खेल मात्रै टेलिभिजनमा हेर्न पाइनेछ । बेलफास्टका खेलहरु हेर्न पाइने छैन् ।
स्रोत - दैनिक नेपाल

0 comments

Write Down Your Responses