नेपालीको टाउको काटेर २४ घन्टा झुन्डाउन अदालतको आदेश

२०७२ असार २६ गते


साउदीअरब । बैदेशिक रोजगारीका सिलसिलामा साउदीअरब पुगेका एक नेपालीलाई मृत्युदण्डको सजायँ सुनाइएको छ ।
पाकिस्तानी नागरिकको हत्या अभियोगमा धनुषा जिल्लाका उमेश यादवलाई त्यहाँका स्थानीय अदालतले मृत्युदण्डको सजायँ सुनाएको समाचारमा जनाइएको छ ।
उनको टाउको काटेर २४ घन्टा झुन्डाउने अदालको आदेश छ । जून फैसला गरेको चार वर्ष भइसक्यो । जुनसुकै बेला कार्यान्वयन हुनसक्छ । तर, हत्याको अभियोग लागेका उमेशलाई बचाउन नेपाली र पाकिस्तानी दूतावासले पीडित परिवारसँग सहमतिको प्रयास गरिरहेका छन् । त्यही कारण फैसला कार्यान्वयन अहिलेसम्म रोकिएको छ ।
यसले उनलाई बाँच्ने आश पनि जगाएको छ । ‘सजाय कार्यान्वयन भइहाल्छ कि भन्ने डर छ,’ राजदूत उदयराज पाण्डे भन्छन् ,‘पीडित परिवार सहमतिमा आउन मानेका छैनन् । हत्या अभियोगमा मृत्युदण्डको सजाय पाएका नेपालीहरु थुप्रै छन् ।
केङु–९, पर्वतका शान्तबहादुर पुन हत्या अभियोगमा १४ वर्षदेखि जेलजीवन बिताइरहेका छन् । उनी साउदीको जोर्डनसँग सीमा जोडिएको गुरियता जेलमा छन् । बाख्रा गोठको रखबारी गर्ने उनले चोर्न भनेर आएका साउदी नागरिक उदा आएद होमद अल सरारीको हत्या गरेका थिए ।
अदालतले उनलाई त्यतिखेरै मृत्युदण्डको सजाय सुनाएको थियो । तर, सरारीका कान्छा छोरा १८ वर्ष पुगेपछि उनको राय लिएर मात्रै सजाय कार्यान्वयन गर्ने आदेश थियो । पीडितपक्षबीच कुरा नमिलेपछि सजाय कार्यान्वयन हुन सकेको छैन । ‘जेठो छोरा माफी दिने पक्षमा छन्, कान्छा छोरा र काका भने मृत्युदण्ड दिनुपर्ने पक्षमा छन’, राजदूत पाण्डेले भने,‘यो मुद्दा हेर्न स्थानीय नेपालीलाई जिम्मा दिएका छौं । सम्भवतः आममाफीमा जान्छ होला ।’
स्रोत - दैनिक नेपाल

0 comments

Write Down Your Responses