काठमाडौं, २१ असार । स्वामी कमलनयनाचार्य बाबाले भक्तपुर, छालिङ–९ मा वनक्षेत्र कब्जा गरी आलिसान आश्रम बनाए ।
रूखजति मासेर सुविधा सम्पन्न निवास, प्रवचन कक्ष र मन्दिर बनाइएको थाहा पाउँदा पनि जिल्ला वन कार्यालयले वास्ता गरेन ।
सुरुमा श्रीवन सामुदायिक वनका उपभोक्तालाई प्रलोभनमा पारी स्वामी त्यहाँ प्रवेश गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।विभिन्न शक्ति केन्द्रको सहयोगमा उनले रातारात आलिसान आश्रम खडा गरे ।
आश्रममा प्रधानमन्त्री भइसकेका नेता, संवैधानिक अंगका पदाधिकारीहरू, प्रहरीका हाकिमदेखि व्यापारीसम्मको ओइरो लाग्न थालेपछि तालुकदार वन कार्यालय बोल्न सकेन ।
बरु आश्रमले आगेटेको वनक्षेत्र उक्त कार्यालयले पछि तिनै बाबालाई नै सुम्पियो ।
कार्यालयले २०६९ कात्तिक २७ गते तत्कालीन छालिङ–९ ९अहिले चाँगुनारायण नगरपालिका० स्थित ५।४४ हेक्टर वन पञ्च महालक्ष्मी अखण्डज्योति धार्मिक वनका नाममा हस्तान्तरण गरेको हो ।
‘स्वामीजी पहुँचवाला मान्छे रहेछन्,’ भक्तपुरका डीएफओ सूर्यकान्त सिग्देलले आइतबार भने, ‘वन कार्यालयले के कारबाही गर्न सक्नु रु’ सिग्देल भक्तपुर डीएफओ हुनुअघि नै स्वामीलाई वन हस्तान्तरण गरिएको हो ।
धार्मिक वनले अनुसरण गर्नुपर्ने नियम पालना गरेरनगरेको पनि वन कार्यालयलाई थाहा छैन । ‘हामीले उहाँलाई केही प्रश्न गर्न सक्दैनौं,’ सिग्देल स्विकार्छन्, ‘हामीलाई टेरपुच्छर लगाए पो कारबाही गर्नु ।’
धार्मिक वन भनी हस्तान्तरित जग्गामा सरोकारवाला पक्ष कसैले बोटबिरुवा मास्न र ठूला भौतिक संरचना बनाउन पाइँदैन ।
वनक्षेत्र कब्जा गरेर आलिसान आश्रम बनाउने स्वामी हुन् यी
0 comments
Write Down Your Responses