बाच्छीको हत्या गरेको विरोधमा भारतमा मुसल्मानहरुको पसल जलाइयो
असार २० – युपिमा जारी रहेको साम्प्रदायिक दङ्गा प्रहरीको नियन्त्रणबाहिर पुगेको छ । शनिबार महोबामा एक बाच्छीको हत्या गरिएपछि हिन्दू संगठनले त्यसको विरोधमा मुसलमानको पसल जलाउन सुरु गरेका थिए ।
त्यसयता, सहारनपुर जिल्लाको एक बस्तीमा केही मुस्लिम युवाहरुले सफाई कर्मचारीलाई पिटेका थिए । त्यसका साथै मुरादावादमा सामाजिक सञ्जालमार्फत धार्मिक भड्काव बढाउने काम भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
शनिबार चम्कुले हानेर महोबामा एक बाच्छीको हत्या गरिएको थियो । त्यसपछि हिन्दू संगठनले त्यसको विरोधमा बजार बन्द गरेका थिए ।
विरोधमा सत्तारुढ विजेपीका केही कार्यकर्ता समेत संलग्न रहेको बताइएको छ । घटनापछि अहिले युपिमा ऋंखलावद्ध रुपमा धार्मिक उत्शृंखला जारी छ ।
0 comments
Write Down Your Responses