नेपाल टेलिकमको सस्तो इन्टरनेट चलाउन चाहनु हुन्छ ? यसो गर्नुस्

२१ असार, काठमाडौं ।


नेपालको सबैभन्दा ठूलो दुरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना सेवाग्राही संख्या १ करोड २५ लाख पुगेको जानकारी दिएको छ । गत चैत महिनाको तथ्याङ्कले नै टेलिकमका सेवाग्राही संख्या १ करोड २४ लाख ६८ हजार पुगिसकेको जानकारी दिएको हो ।


टेलिकमका अनुसार जिएसएम मोबाइल सेवाका ग्राहक १ करोड ४ लाख ४८ हजार, सिडिएमए सेवाका ग्राहक १३ लाख ५५ हजार तथा पिएसटिएन टेलिफोन सेवाका ग्राहक ६ लाख ६४ हजार ५ सय रहेका छन् । चैत मसान्तसम्म कम्पनीको डाटा सेवाका प्रयोगकर्ता ६२ लाख २३ हजार पुगेका छन् ।

फागुनदेखि चैतसम्म एक महिनाको अवधिमा २ लाख ८४ हजार कुल टेलिफोन ग्राहक थपिएका छन् भने ८९ हजार डाटा सेवाका प्रयोगकर्ता थपिएका छन् ।

इन्टरनेट चलाउने भए टेलिकमको यो सूचना पढ्नुस्ः

WiFI Hotspots प्रयोग गरिरहनु भएको छ ?

विभिन्न स्थानमा वाइफाई हटस्पटमार्फत इन्टरनेट चलाउन सकिन्छ । ती स्थानमा WiFi मार्फत इन्टरनेट चलाउनको लागि GSM तथा CDMA पोष्टपेड÷प्रिपेड मोवाइलको म्यासेज बक्समा गई WiFi टाइप गरी १४१६ मा म्यासेज पठाएपछि प्राप्त हुने पासवर्ड प्रयोग गर्न सकिन्छ । उक्त पासवर्डबाट एक घण्टासम्म इन्टरनेट चलाउन सकिन्छ भने सो पासवर्डको भ्यालिडिटी पिरियड २४ घण्टा कायम रहन्छ । साथै उक्त सेवा प्रयोग गरे वापत ग्राहकहरुको मोबाइलबाटै रु. १०।– कट्टा हुन्छ ।

नेपालभर रहेका WiFi Hotspots को जानकारी लिनका लागि NT Hotspot Locator नामक Mobile APP उपलब्ध छ । यसको प्रयोग गरेर आफु नजिक रहेका WiFi Hotspots बारेमा थाहा पाउनुका साथै WiFi Hotspots Service Subscribe समेत गर्न सकिन्छ ।

2 comments

yedi 24 hr valid hun6 vane tyo wifi hotspot ko user name ra password use gare pachi disconnect huda feri re-login gare net chalauna mil6.yesari 24 hr samma HIGH SPEED INTERNET ko majja lina sakin6.Tara wifi ko SIGNAL ramro aaunu par6.

Wifi hotspot ko internet ko user name ra password --- Raati 12:01 Am bata voli ko raati ko 12:00 pm samma valid hun6 i.e, 24 hr. Yedi aaja morning maa 7 AM maa SMS bata user name ra password liye maa tesko VALIDITY aaja ko raati 12 PM samma matra hun6.

Write Down Your Responses