उदयीमान मोडलको दुर्घटनामा मृत्यु

धरान, असार २८
आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका मोडल हिमाल लिम्बूको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।


हिजो राति म्युजिक भिडियो सकेर झापाको जलथल जाँदै गरेको अवस्थामा दमक पूर्व केर्खा नजिकै नम्बर नखुलेको एक ट्रकको ठक्करबाट मृत्यु भएको हो। तेह्रथुम छातेढुंगा स्थायी घर भएका लिम्बूसँगै मोटरसाइकलमा सवार पेम्बा शेर्पाकोसमेत मृत्यु भएको छ। सुटिङकै क्रममा धरानमा रहेका उनी बुबा बिरामी भएको खबर प्राप्त भएपछि बुबालाई हेर्न झापाकेा जलथल जाँदै थिए। त्यही समयमा उनको मृत्यु भएको हो। उनले राम्रीमा राम्री तरुनी, किन किनलगायतका म्युजिक भिडियोमा अभियन गरेका छन्। उनको मृत्युले पूर्वका मोडलहरु स्तब्ध बनेका छन्। मृत्यु भएको पुष्टि निर्देशक लोकन साँवाले गरेका छन्।

यसैबीच धरानमा आइतबार पिकअपले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने सवार घाइते भएका छन्। को. ५ प ६९९३ नम्बरको मोटरसाइकलका चालक धरान १० का ४५ वर्षिय गोबिन्द बिसंखेको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। त्यस्तै पछाडी सवार सशस्त्र प्रहरी हवल्दार मिन बहादुर नेपाली घाइते भएका छन्। धरान उपमहानगरपालिका ५  स्थित छाताचोकमा ना. १. प. १५१० नं. को पिकअपले ठक्कर दिएको थियो।

,

0 comments

Write Down Your Responses