घरमै मृत अवस्थामा भेटिइन् २६ वर्षीया रन्जु, परिवारका सबै सदस्य फरार
रौतहट, २१ असार–पचरुखी–२ छतवना टोल बस्ने २६ बर्षीया रन्जु देवी ठाकुर आइतबार आप्नै घरमा मृत्त अवस्थामा भेटिएकी छन् ।
घरको विस्तारामा घोप्टो परेको अवस्थामा उनको शव भटिएको प्रहरीले जनाएको छ । रन्जु शवमाथि पहेलो कपडाले ढाकिएको र घाँटीमा धारिलो हतियारले काटेको चोटसमेत रहेको छ । ठाकुरको घर परिवारका कुनै पनि सदस्य घरमा फेला नपरेको बताइएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको र फरार परिवारका सदस्यहरुको खोजी भएको प्रहरीले जनाएको छ ।kathmandutoday.com
0 comments
Write Down Your Responses