फाँसीमा चढ्नुअघि आफन्तलाई भेट्दा यसरी रोएका थिए याकूब, सबैसँग मागे माफी
काठमाडौं, १४ साउन । विहीबार विहान फांसीमा चढाइएका मुम्बई हमलाका दोषी याकूब मेमनले एक दिन पहिला आफ्ना नजिकका आफन्तसँग भेटघाट गरेका थिए । त्यो क्रममा उनी खुब रोएका थिए । उनी आफन्तलाई देख्ने वित्तिकै अंगालो हाल्दै रुँदै गर्थे । सायद यो दुनियाँमा त्यो अन्तिम भेट भएर होला उनी हरेक आफन्तलाई भेट्दा त्यसैगरी रुन्थे । उनले त्यो दिन करिब २५ जना आफन्तलाई भेट्दै रुँदै गरेर विताएका थिए । त्यस्तै, फांसीभन्दा पहिला अन्य कैदीहरु जेलका सुरक्षाकर्मीसँग पनि उनले रुँदै माफी मागेका थिए । उनले ‘यदि म बाट केही गल्ती भएको भए माफ गरिदिनु ।’ खबरअनुसार जून वार्डमा याकूबलाई राखिएको थियो, त्यहाँ एक महिला कैदीसहित १५ कैदी राखिएको थियो ।
0 comments
Write Down Your Responses