जुम्लामा कांग्रेस कार्यालय तोडफोड, १४ राउन्ड हवाई फायर
जुम्ला, श्रावण २६ । कर्णाली अञ्चललाई सुदूरपश्चिममा गाभिएको भन्दै कर्णालीका पाँचओटै जिल्ला बन्द आह्वान गरिएको छ ।
सोमबार जुम्ला मात्र बन्द गरिएकोमा मंगलबार हुम्ला, मुगु, कालिकोट र डोल्पामा पनि बन्दको आह्वान
कर्णाली प्रदेशलाई स्वायत्त क्षेत्र घोषणा गर्नुपर्ने माग गर्दै पाँचओटै जिल्लाका स्थानीय राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारण सडकमा उत्रिएका छन् । जुम्लामा भने प्रदर्शनकारीले सोमबारदेखि विमानस्थलसमेत बन्द गराएका छन् ।
प्रदर्शनकारीहरुले मंगलबार जुम्लास्थित नेपाली कांग्रेसको कार्यालयमा तोडफोड गरेका छन् । त्यसक्रममा प्रहरीले १४ राउन्ड हवाई फायर गरेको छ । सम्भावित झडपलाई मध्य नजर गर्दै यी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
विशेष कर्णाली राज्य हुनुपर्ने मागसहित सुरु गरिएको आन्दोलनको अगुवाइ कांग्रेस, एमाले र एमाओवादीका जिल्लास्तरीय नेताहरुले नै गरिरहेका छन् ।
0 comments
Write Down Your Responses