सुनचाँदिको भाउ उकालो लाग्यो !

सुनचाँदिको भाउ उकालो लाग्यो !


ओएस नेपाल, काठमाडौं, २६ साउन – पछिल्लो समयमा लगातार रुपमा घटी रहेको सुनको भाउ उकालो लाग्न थालेको छ । हिजो तोलाको ४७ हजार ७ सयमा कारोबार भएको सुनको भाउ आज तोलामा ५०० रुपैयाले बढेर ४८ हजार २ सयमा कारोबार भै रहेको छ ।


यस्तै चाँदीमा पनि हिजोको तुलनामा १५ रुपैयाले बढेर तोलाको ६ सय ८० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । एकहप्ता सम्म ४७५०० मा स्थिर रहेको सुनको भाउ हिजो बाट उकालो लाग्न थालेको छ । गत शनिबार सुनको बिक्रीदर तोलाको ४७ हजार ५ सय र चाँदीको तोलाको बिक्रिदर ६ सय ६० रहेको थियो ।

,

0 comments

Write Down Your Responses