एमाओवादीलार्इ १० अर्ब दिए संविधान बन्छ : केपी ओली



१८ माघ, काठमाडौं ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाओवादीसहितको विपक्षी मोर्चालार्इ १० अर्ब रुपैयाँ दिएमा संविधान बन्ने बताएका छ्न् । एमाओवादीले आन्दोलनका नाममा तमासा गरेको बताउँदै अध्यक्ष ओलीले पैसा दिएमा उसको सबै आन्दोलन सेलाउने दाबी गरेका हुन्।

शनिबारबाट पार्टी मुख्यालय बल्खुमा सुरु पार्टीको भातृ संगठन जातीय मुक्ति समाजको केन्द्रीय कमिटीको बैठक उद्घाटन कार्यक्रममा बोल्दै एमाओवादीसहितको विपक्षी मोर्चाले पैसाको बार्गेनिङ गरिररहेको खुलासा गरेका हुन् ।

यसअघि पनि एओवादीलार्इ दुर्इ अर्ब रुपैयाँ ३ करोड दिने कागज गरेपछि मात्रै अवरुद्द संसद खुलेको बताउँदै अध्यक्ष ओलीले अहिले पनि ५ देखि १० अर्ब रुपैयाँ दिए संविधानसभा खुल्ने दाबी गरेका हुन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

यसअघि एमाओवादीले उच्चस्तरीय राजनीतिक समितिको संयोजक पद माग्दै गत भाद्र १३ बाट एक महिनासम्म गरेको संसदको अवरोध उसलार्इ दुर्इ अर्ब रुपैयाँ ३ करोड दिने कागज बनाएपछि मात्रै खुलेको ओलीले खुलासा गरे।तर उनले सो रकम कसले र कुन् स्रोतबाट दियो भन्ने कुरा खुलाएनन् ।

'अहिले पनि एमाओवादीसहितको विपक्षी मोर्चालाई १० अर्ब रुपैयाँ दिने प्रतिवद्दता जनाउने हो भने संविधानसभा खुल्छ', ओलीले उद्घाटन कार्यक्रममा भने, 'हामीले पैसा दिने प्रतिवद्दता गर्ने हो भने आन्दोलनका नाममा एमाओवादीसहितका मोर्चाको उफ्रार्इ पनि बन्द हुन्छ ।'

अध्यक्ष ओलीले युरोपियन देशमा चलेको शासन व्यवस्थाजस्तै नेपालमा पनि त्यही लागू गर्न खोजिएको बताए । युरोपियन मुलुकले नेपालको सामाजिक चरित्र नबुझी नै नेपालमा समावेशीको मुद्दा उनीहरुले उचालेको ओलीको आरोप थियो ।


,

0 comments

Write Down Your Responses