अब एसएमएसबाटै गरिब खोजिने, गरिब खोज्न चार करोड माग



१८ माघ, काठमाडौं । परिचयपत्र वितरण हुने २५ जिल्लाका गरिब घरपरिवार खोज्न मोबाइल एसएमएस प्रणालीको प्रयोग गरिने भएको छ । पहिलो चरणको पहिचान कार्यक्रममा छुटेकालाई खोज्न एसएमएसको सहयोग लिन लागिएको हो ।

गरिब घरपरिवार र परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्डले पहिलो चरणमा २५ जिल्लामा गणक पठाएर विवरण संकलन गरेको थियो । बोर्डका निर्देशक ढुण्डीराज लामिछानेले छुटेकालाई खोज्न र संकलीत तथ्यांकलाई पुष्टि गर्न पनि एसएमएस प्रणाली सहयोगी हुने बताएको नयाँ पत्रिकामा खबर छ ।
‘पहिलो चरणको काम सकियो । त्यसमा छुटेकाहरुलाई एसएमएस प्रणालीको सुविधा दिन खोजिएको हो,’ बोर्डका निर्देशक लामिछानेले भने, ‘कोही नछुटुन् र कोही नदोहोरिउन भन्नका लागि पनि यो प्रक्रिया निकै उपयोगी हुने निष्कर्ष छ ।’
गरिब खोज्न थप चार करोड माग
गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण गर्न थप चार करोड रुपैयाँ माग भएको छ । तर, चालू आर्थिक वर्षको बजेट विनियोजित पाँच करोड रुपैयाँ भने खर्च भइसकेको छ ।
गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण व्यवस्थापन तथा वितरण समन्वय बोर्डका निर्देशक लामिछानेले विनियोजित बजेट अपूग हुने देखिएकाले थप बजेट मागेको बताए ।

,

0 comments

Write Down Your Responses