चार सयभन्दा बढी बालसैनिक मुक्त
एजेन्सी– म्यानमारले गत वर्ष ४०० भन्दा बढी बालसैनिक मुक्त गरेको संयुक्त राष्ट्र सङ्घले पुष्टि गरेको छ ।
म्यानमारको ‘‘टाटमाड’’ नाम दिइएको सेनाले सन् २०१२ मा संयुक्त राष्ट्र सङ्घसँग यस विषयमा एक सम्झौतामा हस्ताक्षर गरेपछि सबैभन्दा बढी सङ्ख्यामा बालसैनिक मुक्त गरिएको यो पहिलो पटक भएको बताइएको छ ।
अक्टोबर महिनामा अमेरिकी राष्ट्रपति बाराक ओबामाले म्यानमारलाई बालसैनिक प्रयोग गरेको विषयमा प्रतिबन्ध लगाउनसक्ने मुलुकको सूचीमा राखेका थियो ।
उक्त प्रतिबन्धका काराण म्यानमारलाई सैनिक सहयोग प्राप्त नहुने तथा सैनिक सामग्री पनि नबेचिने अवस्था हुनसक्थ्यो ।
म्यानमारको अर्धसैनिक सरकारले सन् २०११ मा सेनाबाट शासन लिएपछि हाल मुलुकभर युद्ध विराम गराउने सम्झौतामा हस्ताक्षर गराउने प्रयास गरिरहेको छ ।
0 comments
Write Down Your Responses