अख्तियार शाखा अधिकृत डेढ लाख घुससहित रंगेहात पक्राउ
काठमाडौं,११ माघ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका शाखा अधिकृत खिमानन्द ज्ञवाली डेढ लाख घुससहित रंगेहात पक्राउ परेका छन् । फाइल फोटो फाइल फोटो अख्तियारको क्षेत्रीय कार्यालय, धनकुटामा कार्यरत शाखा अधिकृत ज्ञवालीले धनकुटाको ताङ्खुवा गाविसका तत्कालिन सचिवसँग उजुरी मिलाईदिन्छु भनि घुस लिएका थिए । रकम मागेको उजुरी परेपछि अनुसन्धानका क्रममा अख्तियारको टोलीले शाखा अधिकृत ज्ञवालीलाई १ लाख ५० हजारसहित पक्राउ गरेको हो । उनी अहिले अख्तियारको हिरासतमा छन् । ज्ञवालीले भ्रष्टाचार विरुद्धको अभियानमा धव्वा लगाउने निकृष्ट एवं निन्दनिय कार्य गरेको अख्तियारले जनाएको छ ।
0 comments
Write Down Your Responses