सलमान र सोनाक्षी बलिउडकै खराब कलाकार !






एजेन्सी – फिल्म दर्शकका लागि बनाउने कि समीक्षकका लागि ? समीक्षकले मन पराएका फिल्म दर्शकले मन नपराइदिने अनि दर्शकले मनोरञ्जन लिएका फिल्मको व्याकरण फिल्मको व्याकरण समीक्षकलाई चित्त नबुझ्ने भएपछि फिल्मकर्मीका लागि यस्तो पश्न बारम्बार उठ्ने गर्छ । यही प्रश्न कलाकारमा पनि नउठ्ने होइन । खासगरी बलिउडमा सलमान खानको अभिनयलाई समीक्षकले खासै रुचाइएको पाइँदैन । त्यो कुरा स्वयं सलमानलाई पनि थाहा छ । त्यसैले त उनी हाकाहाकी भन्छन्,‘मेरो अभिनय समीक्षकका लागि भन्दा पनि दर्शकका लागि हो ।’


बडी सो गरेकै भरमा हलमा दर्शक तान्ने टिप्पणी खेपिरहने सलमान यस्ता आरोपको वास्तै पनि गर्दैनन् । सन् २००९ मा रिलिज फिल्म ‘वान्टेड’ हिट भएपछि त सलमान रुचाइएका कलाकारमा परिरहेका छन् । तर यतिबेला सलमान र उनका फ्यानका लागि रिस उठाउने एउटा खबर छ कि बलिउडमा वर्षेनी गरिने घन्टा अवार्डमा उनीहरु मनोनीत भएका छन् । उक्त अवार्ड उत्कृष्टलाई नभई खराबलाई दिने गरिन्छ । सलमान फिल्म ‘जय हो’ र ‘किक’ का लागि खराब एक्टरको सूचीमा परेका हुन् । यस वर्ष उनका यी दुई फिल्ममध्ये किकले भने बक्स अफिलसमा राम्रो व्यापार गर्न सफल भएको थियो । उक्त बिधामा सलमानलाई सैफ अली खान र अजय देवगणले कडा टक्कर दिएका थिए,आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses