जिन्दगीप्रति ८१ प्रतिशत युवती सन्तुष्ट
काठमाडौं । १५ वर्षदेखि २४ वर्षसम्मकमा युवतीहरुमाझ गरिएको एक अध्ययनले सो उमेरका ८१ प्रतिशत युवतीहरु जिन्दगीमा सन्तुष्ट रहेको देखिएको छ । नेपाल बहुसूचक सर्भेक्षणको प्रतिवेदनले बाँकी १९ प्रतिशत युवतीहरु भने जीवनप्रति नैराश्य रहेको देखाएको हो । पारिवारिक जीवन, साथीभाईसँगको मेलमिलाप, स्वास्थ्य तथा खानपान, बसोबास र वातावरण तथा स्वतन्त्रतालाई लिएर यो सर्वेक्षण निकालिएको हो । बाँकी १९ प्रतिशत युवतीहरुको जीवनमा पनि खुसी ल्याउनका लागि पहल गर्नुपर्ने निष्कर्ष प्रतिवेदनले निकालेको छ ।
सो उमेर समूहका ८४ प्रतिशत युवतीहरु शिक्षित रहेको पनि प्रतिवेदनले देखाएको छ । जसमध्ये प्राथमिक तहकोमा ८६ प्रतिशत युवती र माध्यमिक तहको शिक्षामा ६६ प्रतिशत युवती शिक्षित रहेका छन् । पछिल्लो पटक कमजोर मानसिकताले युवतीहरु आत्महत्या जस्ता घटनामा संलग्नता बढ्दै जाँदा यो अध्ययन गरिएको हो । कमजोर आर्थिक अवस्था भएका धेरैजसो युवतीहरु भने आफ्नो जीवनमा नैराश्यता रहेको देखिएको छ । युवती समूहमा पनि विवाहित युवतीहरु अविवाहितको तुलनामा बढी खुसी रहेका छन् ।बिजनेश संसार बाट
0 comments
Write Down Your Responses