ऊर्जामन्त्री राधा ज्ञवालीले गरिन् ‘आफ्नो बढुवामा आफ्नै हस्तक्षर सदर’




काठमाण्डु, ११ माघ– निजामती कर्मचारीसम्बन्धी कानुनमा आफ्नो बढुवामा आर्फैले हस्ताक्षर गर्न पाइँदैन । यसलाई कानुनी र आचारसंहिता दुष्टिकोणले गलत मानिन्छ ।

तर, उर्जामन्त्री राधाकुमारी ज्ञवालीले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिबाट यस्तै गैरकानुनी निर्णयलाई वैधानिकता दिइ नयाँ नजिर कायम गरेकी छन् ।
उर्जा मन्त्रालयद्वारा गठित समितिको प्रतिवेदन र प्राधिकरणको कानुन विभागबाट आएको सुझावविपरीत प्राधिकरण्मका दुई अधिकृतको गलत बढुवालाई मन्त्री ज्ञवालीले सदर गरेकी हुन् ।
पछिल्लो समय विवादास्पद निर्णय गरेर विवादमा तानिएकी मन्त्री ज्ञवालीले आफ्नो बढुवामा आफैंले निर्णय गर्ने अर्को गलत काम गरेकी हुन् ।
प्राधिकरण सञ्चालक समिति अध्यक्ष रहेकी ऊर्जामन्त्री ज्ञवालीले प्राधिकरणको ६९ औँ बोर्ड बैठकबाट प्राधिकरण जनसाधन विभागका निर्देशक ओमराज पाण्डे र पदपूर्ति विभागका प्रमुख हुमबहादुर केसीलाई बढुवा निर्णय गराएकी थिइन् ।
दुवैको बढुवालाई उनले नै नेतृत्व गरेको ऊर्जा मन्त्रालयले बनाएको समितिले अवैध ठहर गरेको छ भने प्राधिकरण कानुन विभागले समेत गलत निर्णय भएको सुझाव दिएको छ ।
राजधानी दैनिकबाट

0 comments

Write Down Your Responses