संगीता र साीमामाथि एसिड फाल्ने व्यक्ति भारतबाट पक्राउ
काठमाण्डु, ६ चैत– दुई युवतीमाथि एसिड प्रहार गर्ने फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका अभियुक्त जीवन बिकलाई प्रहरीले आजै ११ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ ।
हनुमान ढोका प्रहरीले समातेर काठमाण्डु प्रहरीलाई बुझाएको प्रहरी प्रवक्ता नारायणसिंह खडकाले जानकारी दिए ।
उनलाई भारतबाट दुई दिनअघि पक्राउ गरिएको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका एसएसपी पुष्कर कार्कीले बताएका छन् । कार्कीका अनुसार बिक संगीता मगर बस्ने घरमै डेरा गरी बस्ने ब्यक्ति हुन्।
आक्रमणकारीले लगाएको कपडाको रंग, हिँडाइ र कुँदाइ आदिका आधारमा प्रहरीले केही शंकास्पद व्यक्तिमाथि निगरानी बढाइएको थियो।
जीवनले काठमाण्डुको बस्न्तपुरको एक इन्स्टिच्युटमा ट्युसन पढिरहेका संगीता र साीमामाथि फागुन १० गते एसिड प्रहार गरेका थिए । दुवै युवती अहिलेसम्म अस्पतालमा उपचार गराइरहेका छन् ।
0 comments
Write Down Your Responses