अज विहान देखि २ झट्का, मध्यान्न ११ बजेर २९ मिनेटमा दोश्रो पराकम्प
५ जेठ, काठमाडौं ।
बैशाख १२ को विनाशकारी भूकम्पका पराकम्पनको क्रम कम भएपनि पूर्ण रोकिएको छैन । पराकम्पन जाने क्रम सुस्त बनेको छ । मंगलबार विहानमै २ पराकम्पन भएका छन् । पछिल्लो पराकम्पन ११ बजेर २९ मिनेटमा ४ रेक्टर स्केलको मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पछिल्लो पराकम्पनको केन्द्र सिन्धुपाल्चोक रहेको छ । मंगलबार विहानै पनि ४ बजेर ४ बजेर ३४ मिनटमा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प भएको थियो ।
राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार यो पराकम्पनको धक्का हो । सोमबार दिनभरीमा केवल ३ वटा पराकम्पन भएका थिए ।
अव पराकम्पनको क्रम पनि कम हुने विज्ञहरुले बताएका छन् ।
0 comments
Write Down Your Responses