कोरियामा एक नेपालीद्वारा आत्महत्या
जेठ ५ गते
मीनप्रकाश उप्रेती
सउल । कोरियामा एक नेपालीले आत्महत्या गरेका छन । कास्की घर भएका रामहरी बरालले आफू सुत्ने कोठैमा झुन्डिएर आत्महत्या गरेका हुन् ।
कोरियाको हवासङसिमा काम गर्दै आएका बराल बिहान ८ बजेसम्म पनि काममा नआएपछि खोजी गर्दा मृत्त भेटिएका हुन् ।
बन्द कोठाभित्र झुन्डिएको अवस्थामा मृत फेला परेको घटनाका प्रतक्षदर्शीलाई उद्धृत गर्दै श्रम सहचारी अनिल गुरुङले बताए ।
अविवाहित बरालले आत्महत्या अघि फेसबुकमा लामो स्टाटस लेखेका थिए । जसमा उनले आफूसंँग भएको पैसाको विवरण खुलाउदै भूकम्प पीडित र आफन्तलाई दिन लेखेका छन् ।
ईपीएस प्रणाली अन्तर्गत कोरिया आईपुगेका बरालसँगै अरु २ जना नेपाली कार्यरत छन् ।
0 comments
Write Down Your Responses