बुद्ध जयन्तिमा मोदीले भनेः बुद्ध जन्मेको देश संकटमा छ
May 4, 2015
२१ बैशाख, काठमाडौं ।
सोमबार विश्वभरी भगवान गौतम बुद्धको २५ सय ५८ जयन्ती मनाइएको छ । शाक्यमुनि भगवान बुद्धको जन्म जयन्ती प्रत्येक बर्ष बैशाख शुक्ल पूर्णिमाको दिन मनाउने प्रचलन छ ।
बुद्ध जयन्ती भव्यताका साथ मनाउने तयारी गरिएको भए पनि देशमा भूकम्पका कारण परेको विपत्तिका कारण यस वर्ष बुद्ध जयन्तीको कार्यक्रम परिमार्जन गरिएको छ ।
राष्ट्रिय बुद्ध जयन्ती मूल समारोह समितिले यस वर्षको बुद्ध जयन्ती भूकम्पका कारण जीवन गुमाउनेका लागि निर्वाण अर्थात मोक्ष प्राप्ति र घाइतेको स्वास्थ्यलाभको कामना गर्दै मनाउने जनाएको छ ।
समितिका संयोजक एवं उपकुलपति प्रा.डा. नरेशमान बज्राचार्यका अनुसार सम्पूर्ण बौद्ध संघसंस्थालाई पीडितको उद्दार तथा राहतमा सहयोग पुर्याउन आग्रह गरिएको छ ।
सिद्धार्थ गौतमको जन्म इशापूर्व ५ सय ६३ तिर नेपालको लुम्विनीमा भएको थियो । बैशाख शुक्ल पूर्णमाको दिन जन्मिएका बुद्धले ३५ बर्षको उमेरमा बुद्धत्व प्राप्त गरेका थिए । निरन्तर ४५ बर्षसम्म बुद्धधर्मको प्रचार गरेपछि ८० बर्षको उमेरमा बैशाख पूर्णिमाकै दिन भारतको कुशीनगरमा बुद्धको महापरिनिर्वाण भएको थियो । विश्वभर शान्ति, मैत्री, करुणा र अहिंसामा आधारित बुद्ध धर्मलाई शान्तिको धर्मका रुपमा लिँदै आइएको छ ।
मोदीले भनेः बुद्धको जन्मभूमि संकटमा छ
बुद्ध जन्मेको देश कहिले नेपाल त कहिले भारत भनेर विवादमा पर्ने गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्धको देश संकटमा रहेको भन्दै नेपाललाई सहयोग गर्न आह्वान गरेका छन् ।
बुद्धको जन्मस्थल नेपाल संकटमा रहेको भन्दै मोदीले नेपालको दुःख बाँढ्न समेत आग्रह गरेका छन् ।
0 comments
Write Down Your Responses